×

वीरगञ्ज । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ०४ मा रहेको पोखरिया अस्पतालको सेवा सुविधाबाट बिरामीहरू अत्यन्तै सन्तुष्ट भएको जनाइएको छ।

अस्पतालमा भर्ना भएका बिरामीहरूले नै यो सन्तुष्टि व्यक्त गरेका छन्। पोखरिया अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाइरहेको सेवाग्राहीहरूले बताएका छन्।

अस्पतालको सेवा व्यवस्थाबाट सन्तुष्ट भएपछि छिमेकी मुलुक भारतबाट समेत प्रसूति सेवाका लागि बिरामीहरू उपचार गर्न आउने गरेका छन्।

हालै पोखरिया अस्पतालको गाइनो वार्डमा भर्ना भएकी एक भारतीय बिरामीले अस्पतालको सेवा सुविधा अत्यन्त राम्रो भएको बताउँदै, त्यही कारणले आफू पोखरिया अस्पतालमा उपचार गर्न आएको खुलाइन्।

अस्पतालका निमित्त मेडिकल सुपरिटेंडेन्ट डा. अनिल यादवका अनुसार, दैनिक २०० देखि ३०० जना बिरामी ओपीडी तथा आकस्मिक सेवाका लागि अस्पतालमा आउने गरेका छन्।

केही समयअगाडि बिरामीको अत्यधिक चापका कारण सेवाग्राहीलाई असहज भए पनि, अब सो चापलाई व्यवस्थापन गर्नका लागि टोकन प्रणाली जडान गरिएको डा. यादवले जानकारी दिएका छन्।

Back to top