×

वीरगञ्ज। नेकपा एमाले पर्साको आयोजनामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। पर्सास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रको झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो।

कार्यक्रमका प्रमुख वक्ता अधिवक्ता हरेराम सरार्फले संविधान एक गतिशील दस्तावेज भएको बताउँदै समयअनुसार जनचाहनाअनुरूप संशोधन गर्न सकिने कुरा व्यक्त गर्नुभयो। साथै, उहाँले संविधानको विरुद्धमा विभिन्न भ्रम फैलाउनेहरूसँग सतर्क रहन आग्रह गर्नुभयो।

कार्यक्रमको अध्यक्षता जिल्ला कमिटी अध्यक्ष डा. विशम्भर कुमार शर्माले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य वीणा शर्मा, प्रदेश कमिटी सदस्य मुन्तुरा चौधरी, र जिल्ला कमिटी उपाध्यक्ष मनोज कुमार गुप्ताले पनि संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको सहजीकरण सचिव महेश दासले गर्नुभएको थियो।

Back to top