×

फोटो : फेसबुक पेजबाट

बारा । जिल्ला प्रशासन कार्यालय बाराले १० औं संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाएको छ।

प्रभातफेरि र बृहत सरसफाइ अभियानसहित आयोजित यो दिवसको कार्यक्रम जिल्ला प्रशासन कार्यालयबाट बाजागाजा सहितको र्‍यालीको साथमा सुरु भएको थियो। उक्त र्‍यालीले कलैया बजारको विभिन्न भागको परिक्रमा गर्दै सिद्धेश्वर मन्दिर प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो।

२०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको घोषणा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए। त्यसैको सम्झनामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार साह रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले गर्नुभएको थियो।

कोणसभामा सम्बोधन गर्दै सभापति साहले संविधान दिवसको अवसरमा आफ्ना घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गर्नुभयो। साथै, सो अवसरमा सिद्धेश्वर मन्दिर परिसरमा दुई सय बिरुवा रोपेर वृक्षारोपण गरिएको जानकारी पनि दिनुभयो।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का, सशस्त्र प्रहरी बाराका प्रमुख सन्तोष सिंह, राष्ट्रिय अनुसन्धान उप-निर्देशक अभिनय दीपक खड्का, ज्वाला दल गणका प्रमुख सेनानी कुमार श्रेष्ठ, समाजसेवी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो।

संविधान दिवसलाई प्रभावकारी बनाउन आयोजित प्रभातफेरि, वृक्षारोपण तथा अन्य कार्यक्रमहरूले स्थानीयवासीमा राष्ट्रप्रतिको गौरव र एकताको भावना प्रवर्द्धन गरेको जनाइएको छ।

Back to top