×

वीरगञ्ज। संविधान दिवस २०८१ को अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित वडा प्रहरी कार्यालय श्रीपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर, सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर, र सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका सचिव कुल नारायण प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुर पर्सामा कार्यरत प्रमुख प्रहरी निरीक्षक गोरख बहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु लगायत ३० जनाको सहभागिता रहेको थियो।

वडा प्रहरी कार्यालय श्रीपुरको कार्यालय अगाडि विभिन्न जातका १५ वटा बिरुवा रोपेर वृक्षारोपण गरिएको हो। कार्यक्रममा स्थानीय सहभागितालाई प्रोत्साहन गर्दै वातावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको आयोजकहरूले बताएका छन्।

कार्यक्रमले समुदाय र प्रहरीबीचको सम्बन्ध सुदृढ गर्दै वातावरण संरक्षणको महत्त्वलाई पनि उजागर गरेको छ।

Back to top