×

काठमाडौं। सरकार गठन भएको ६७ दिनपछि सत्ता साझेदार दल कांग्रेस र एमालेले आफ्नो 'साझा संकल्प तथा नीतिगत प्रतिबद्धता' सार्वजनिक गरेका छन्। गठबन्धनले संविधान संशोधनलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै देशलाई राजनीतिक स्थायित्व र समृद्धितर्फ अघि बढाउन प्रतिबद्धता जनाएको छ।

सत्तारुढ गठबन्धनले संविधान जारी भएपछिको कार्यान्वयनलाई वस्तुनिष्ठ रूपमा समीक्षा गर्ने र आवश्यक परेमा संविधान संशोधनका लागि बृहत्तर सहमति जुटाउने नीति लिएको छ। यस नीतिगत संकल्पमा संविधानको सफल कार्यान्वयन र त्यसका अपूर्ण पक्षहरूलाई संशोधन गर्ने प्राथमिकता स्पष्ट रूपमा उल्लेख गरिएको छ।

दुई दलबीच गत असार १७ गते भएको सातबुँदे सहमतिलाई आधार मानेर सरकारको साझा कार्यक्रम तयार पारिएको हो। यस सहमतिमा संविधान संशोधनबाहेक विभिन्न क्षेत्रीय तथा राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रमहरू समावेश गरिएको छ।

गठबन्धनले घोषणा गरेको साझा संकल्पले देशको राजनीतिक तथा आर्थिक स्थिरतामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

 

के छ त सरकारको साझा संकल्प 

Back to top