×

वीरगञ्ज। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी शरद भेष्वाकरलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विशेष सम्मान गरेका छन्।

क्रिकेटसम्बन्धी गतिविधिमा सहभागी हुन वीरगञ्ज आएका भेष्वाकरलाई मेयर सिंहले मंगलबार आफ्नो कार्यकक्षमा स्वागत गर्दै सम्मान गरेका हुन्।

मेयर सिंहले भेष्वाकरलाई सम्मानपत्र प्रदान गरेका थिए। यस अवसरमा वीरगञ्जका क्रिकेटर हासिम अन्सारीले भेष्वाकरको योगदानलाई कदर गर्दै भविष्यमा पनि नेपाली क्रिकेटको प्रगतिको लागि महत्त्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे। मेयर सिंहले भेष्वाकरलाई आफ्नो अनुभवलाई नेपाली क्रिकेट टिमको उज्ज्वल भविष्य निर्माणमा उपयोग गर्न सुझावसमेत दिएका थिए।

कार्यक्रमले वीरगञ्जमा खेलकुदको महत्वलाई थप उजागर गरेको छ।

Back to top