×

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित डम्पिङ्ग साइटमा लागू औषध चरेससहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको आगराको कुडोल फतेहवादका ४२ वर्षिय गोपाल गिरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार, लागू औषधको खरिदबिक्री भइरहेको सूचनाको आधारमा खटिएको टोलीले शंकास्पद अवस्थामा हिडिरहेको साधुको भेषमा रहेका गिरीलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले गिरीको खानतलासी गर्दा उनको बोकेको प्लास्टिकको झोलाबाट २ किलो ९६० ग्राम चरेस बरामद गरेको छ।

पक्राउ परेका गिरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ र उनिविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

 

Back to top