×

वीरगञ्ज। संविधान दिवस २०८१ को अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित दुर्गा टोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर पर्सा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधानको अध्यक्षतामा स्थानीय बासिन्दा, समाजसेवी, अल्पाईन माध्यमिक विद्यालयका शिक्षक, कक्षा ९ का विद्यार्थी, र सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

बैष्णो देवी मन्दिर परिसरमा भएको सरसफाई अभियानले समुदायमा सफाईको महत्त्वलाई उजागर गर्दै सामुदायिक एकता र सहकार्यलाई पनि बलियो बनाएको आयोजकहरूले बताएका छन्।

Back to top