×

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. डा. मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्यलाई अघि बढाउन तत्पर रहेको बताएका छन्। नेपाली राजदूत घनश्याम भण्डारीसँगको भेटमा युनुसले दुई देशबीच पारस्परिक लाभ हुने ऊर्जा सहकार्यलाई शीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

भेटमा राजदूत भण्डारीले बंगलादेशको नयाँ सरकारप्रति नेपालको ऐक्यबद्धता दोहोर्‍याउँदै नेपालबाट भारत हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न तयारी भइरहेको जानकारी गराए।

सार्क र बिम्स्टेक जस्ता क्षेत्रीय संस्थाको पुनरुत्थान र असल अभ्यासको आदानप्रदान महत्त्वपूर्ण भएकोमा दुवै पक्ष सहमत भए।

Back to top