×

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत बुधबार ओमानसँग खेल्दैछ।

क्यानडाको ओन्टेरियोमा हुने खेल नेपाली समयअनुसार बेलुकी ८:४५ बजे हुनेछ। क्यानडा भ्रमणमा नेपालको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो। नेपाल पहिलो जितको खोजिमा हुनेछ।

यसअघि भएका पाँचमधध्ये तीन खेलमा नेपाल विजयी भएको छ। अन्यमा भने ओमानले नेपाललाई पराजित गरेको छ। २०२१ सेप्टेम्बर १४ मा भएको खेलमा ओमान पाँच विकेटले विजयी भएको थियो।

१९ सेप्टेम्बरमा भएको अर्को खेलमा भने नेपाल सात विकेटले विजयी भएको थियो। २०२२ जुन ९ मा भएको खेलमा ओमान १३ रनले विजयी भएको थियो। त्यसयता भने नेपाल अपराजित छ। २०२२ जुन १४ मा नेपाल सात विकेट र अघिल्लो वर्ष अप्रिलमा भएको खेलमा पनि ओमान ८४ रले विजयी भएको थियो।

नेपाल त्यही लयलाई दोहोर्‍याउने लक्ष्यमा हुनेछ। 

Back to top