×

जम्मु–कस्मिरमा आज विधानसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान हुँदै छ। 

बीबीसीका अनुसार धारा ३७० खारेज भएको झन्डै १० वर्षपछि पहिलोपटक जम्मु–कस्मिरमा विधानसभा चुनाव हुन लागेको हो 

आज (सेप्टेम्बर १८) पहिलो चरण सेप्टेम्बर २५ मा दोस्रो चरण र अक्टोबर १ मा तेस्रो चरणका मतदान हुनेछन्। 

आज पहिलो चरणमा राज्यको कूल २४ विधानसभा सिटका लागि मतदान हुनेछ।  जसमध्ये १६ सिट कस्मिर र ८ सिट जम्मुका छन्।

Back to top