×

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिला उपसभापति थप्ने प्रस्ताव गरेको छ ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विधान संशोधन प्रस्ताव पेश गरेका हुन्, जसमा एक महिलासहित तीन उपसभापति राख्ने उल्लेख छ । रास्वपामा हाल दुई उपसभापति (डीपी अर्याल र स्वर्णिम वाग्ले) छन् ।

महामन्त्री एक जना हुनेछन् । सहमहामन्त्री एक महिलासहित तीन जना हुनेछन् । हाल पनि कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिनकुमार आचार्य सहमहामन्त्री छन् ।

कोषाध्ष्यक्ष एक जना, दुई सहकोषाध्ष्यक्ष, एक प्रवक्ता र दुई सह प्रवक्ता रहने विधानमा प्रस्ताव छ । हाल तीन सहप्रवक्ता छन् । अब घटाएर २ बनाउने प्रस्ताव छ ।

कोषध्यक्ष र प्रवक्ता बाहेकका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने पनि विधानमा प्रस्ताव छ ।

 

Back to top