×

बारा । बाराको निजगढमा नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयन भएको छ। संघको विधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम ईश्वर सापकोटालाई नेपाल विद्यार्थी संघ निजगढ नगर संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। संघ बाराका अध्यक्ष समीर चौधरीले उक्त जानकारी दिएका हुन्।

बारामा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना रहेका थिए। उक्त कार्यक्रम संघका अध्यक्ष समीर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

सचिवको जिम्मेवारी आशिष दंगाललाई दिइएको छ भने नव-निर्वाचित संयोजक ईश्वर सापकोटाले संघको विधि, विधान र मर्यादाभित्र रही संगठनलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेलामा नेपाल विद्यार्थी संघका केन्द्र सदस्य विकल्प भट्टराई, तरुण दलका केन्द्रीय सदस्य विष्णु खड्का, विभिन्न भातृ संगठनका पदाधिकारीहरू, वडास्तरीय सभापति र सदस्यहरूको उपस्थिति रहेको थियो।

सापकोटाको नेतृत्वले संघलाई थप सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Back to top