×

वीरगञ्ज। स्वीडेनको प्रतिष्ठित मल्टिनेशनल कस्मेटिक्स कम्पनी ओरिफ्लेम र नेपालस्थित यसको आधिकारिक आयातकर्ता एडभान्स ग्रुप अफ कम्पनीजको सहकार्यमा काठमाडौंमा आयोजित दुईदिने सौन्दर्यसम्बन्धी अन्तर्राष्ट्रिय तालिम मंगलबार सम्पन्न भएको छ।

होटल हायातमा भदौ ३१ र असोज १ गते आयोजना गरिएको तालिममा ओरिफ्लेमका रिटेल, सवबिक्रेता तथा ब्यूटिशियनहरू गरी करिब ३०० जनाको सहभागिता रहेको थियो। तालिममा ओरिफ्लेमका ग्लोबल स्किन एक्सपर्ट अन्ना क्रुसले छालासम्बन्धी समस्या र समाधानका विविध पक्षमा प्रशिक्षण दिनुभयो। यसैगरी, मेकअप आर्टिस्ट मेहेक मोहिनले बिबाहलगायतका विशेष अवसरमा गरिने मेकअपलाई कसरी आकर्षक बनाउने भन्नेबारेमा प्रशिक्षण प्रदान गर्नुभयो।

अर्का प्रशिक्षक तथा ओरिफ्लेमका ग्लोबल कमर्शियल डाइरेक्टर अन्स लण्डबर्गले व्यवसाय र कम्पनीका नीतिबारे सहभागीहरूलाई विस्तृत जानकारी गराउनुभयो।

ओरिफ्लेमका स्किन केयर, कलर कस्मेटिक्स, मेकअप, हेयर केयर, र बडी केयर जस्ता उत्पादनहरू विश्वभर नै चर्चित छन्। छालामा देखिने चायापोतो, डण्डिफोर, तथा चाउरी जस्ता समस्या समाधान गर्न ओरिफ्लेमका उत्पादनहरू प्रभावकारी सावित भएका छन्। ओरिफ्लेमका कलर कस्मेटिक्स रेञ्जले उच्च कोटीको मेकअपका लागि पनि व्यापक रुचाइएको छ।

नेपालमा ओरिफ्लेमका आधिकारिक आयातकर्ता एडभान्स ग्रुप अफ कम्पनीजले हाल करिब २०० भन्दा बढी उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले निकट भविष्यमा ६०० उत्पादनहरू भित्र्याउने लक्ष्य लिएको छ। सोही लक्ष्य अनुसार प्रमुख शहरहरूमा एक्सक्लुसिभ स्टोरहरू पनि खोल्ने तयारी भइरहेको छ।

सौन्दर्य सामग्री मात्र नभई, एडभान्स ग्रुपले फूड सप्लिमेण्टसहित औषधिजन्य उत्पादनहरू पनि बिक्री गरी ग्राहकलाई थप सेवा दिने योजना अघि सारेको छ। "ग्राहकहरूको सन्तुष्टिलाई नै हाम्रो सफलता मान्दै आएका छौं," कम्पनीले जनाएको छ।

Back to top