×

वीरगञ्ज । प्रोग्रेसिभ फाइनान्स लिमिटेड वीरगञ्जका शाखा प्रबन्धक राजन गिरीको मोटरसाइकल चोरी भएको छ । 

असोज ३० गते आइतवार साँझ सवा ५ बजे वीरगञ्जको आदर्शनगरस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको विपरीततर्फ रहेको प्रोग्रेसिभ फाइनान्सको शाखा कार्यालय बाहिर पार्क गरिएको मोटरसाइकल चोरी भएको हो । प्र.२–०३–००३प ६६४७ नम्बरको एनएस मोटरसाकल राजन गिरीले सँधै पार्क गर्ने कार्यालय परिसर बाहिर राखेका थिए । 

सीसीटीभी फुटेजअनुसार मोटरसाइकल चोरीको घटना साँझ ५ः१५ बजेर ५८ सेकेन्डमा क्यामरामा कैद भएको छ । गिरीले प्रहरीमा मोटरसाइकल चोरी भएको निवेदनन दिइसकेका छन । मोटरसाइकलको खोजी कार्यमा प्रहरीले अनुसन्धान थालेको छ ।
 

Back to top