×

वीरगञ्ज । तेरापंथ युवा परिषदको आयोजनामा वीरगञ्जमा बृहत रक्तदान कार्यक्रम सञ्चालन भइरहेको छ । करिब १५ सय भन्दा बढी रगत संकलन गर्ने लक्ष्यसहित सञ्चालित कार्यक्रम असोज १८ गतेसम्म जारी रहने तेरापन्त युवा परिषद्ले जनाएको छ । 

त्रिवेणी ग्रुप छाता पिपरा जितपुर बारामा आयोजित कार्यक्रममा ८ महिला सहित ११६ जनाले, हुलास स्टिलमा ३ महिला सहित १३० जनाले, दुगड ग्रुपमा ४ महिला सहित १०७ जनाले, जैन धर्मशाला आदर्शनगरमा १६ महिला सहित २११ जनाले र किरण आखा अस्पताल बाइपासमा २ महिला सहित २७ जनाले रक्तदान गरेका छन् ।

तेरापंथ युवा परिषदका अध्यक्ष लोकेश जमदको नेतृत्वमा जारी कार्यक्रममा हालसम्म ५९१ जनाले रक्तदान गरीसकेका छन् । 

Back to top