×

फाइल तस्बिर ।

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८, पानीटंकीस्थित एक सेकुवा होटेलबाट लागूपदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जमुना सेकुवा होटेलबाट ४८ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद गर्दै भारतको बिहार राज्य मोतिहारीका विकास कुमार पटेललाई नियन्त्रणमा लिएको हो ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक भारतीका अनुसार आइतबार बेलुकी जमुना सेकुवा होटेलमा खाजा खाइरहेका पटेललाई प्रहरीले छापा मारेर पक्राउ गरेको थियो। उनका शरीरमा खानतलासी गर्दा ४८ ग्राम ब्राउन सुगर फेला परेको हो ।

पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी भारतीले जानकारी दिएका छन् ।

Back to top