×

फाइल तस्बिर ।

चेन्नई । तमिल सुपरस्टार थलापति विजय आफ्नो राजनीतिक करियरमा ध्यान दिनका लागि फिल्मी करियर छाड्ने तयारी गरेका छन् । यसैबिच शनिवार केभीएन प्रोडक्सनले अभिनेताको अन्तिम चलचित्र ‘विजयी ६९’ सँग जोडिएको जानकारी साझा गरेको छ । यस चलचित्रमा विजय लोकतन्त्रका लागि लडाइँ गर्दै देखिनेछन् ।

चलचित्र निर्माताले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेका छन्, जसमा विजयको अनुहार नदेखाई उनीहरूले एउटा पोस्टर साझा गरेका छन् । उनीहरूले विजयको हिट फिल्मको सिनहरूको भिडियो पनि सेयर गरेका छन् ।

जसमा उनीहरूले लेखेका छन्, ‘हाम्रो पहिलो तमिल चलचित्रको घोषणा गर्न पाउँदा हामी खुसी छौँ । यो एउटा पर्व हो । थलापतिका लागि माया । हामी सबै तपाईँको फिल्म हेर्दै ठुलो भएका हौँ । ३० वर्षभन्दा बढी समय तपाईँले हामीलाई मनोरञ्जन प्रदान गर्नुभयो, यसका लागि धन्यवाद ।’

यो चलचित्र सन् २०२५ को अक्टोबरमा रिलिज हुनेछ । सञ्चारमाध्यममा प्रकाशित रिपोर्टका अनुसार यो फिल्म रिलिज भएपछि विजय चलचित्रबाट लामो ब्रेक लिनेछन् र सबै ध्यान राजनीतिमा दिनेछन् ।

विजयले गत २ फेब्रुअरीमा आफ्नो राजनीतिक पार्टी तमिलगा वेत्री कषगम खोलेका थिए । यसको अर्थ तमिलनाडु विजयी पार्टी हो । अभिनेताले सन् २०२६ को विधान सभा चुनाव लड्ने तयारी गरेको बताइएको छ ।

Back to top