×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । नेपाली बजारमा आज छापावाल सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि भने १ लाख ५६ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

यस्तै, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ ।

शुक्रवार प्रतितोला १ हजार ८ सय ६० मा रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आजका लागि भने  १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

Back to top