×

वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सम्बन्धित अधिकारीहरूसँग छलफल भइरहेको जानकारी दिएका छन् ।

उनले मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने अतिरिक्त शुल्कबारे जनताबाट आएका सुझावहरूलाई ध्यानमा राख्दै सरकार यसबारे गम्भीर रहेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत जनता सँगको संवादमा प्रधानमन्त्री ओलीले फेसबूक मार्फत नागरिकहरूबाट प्राप्त गुनासोहरूलाई सम्बोधन गर्दै भने, "साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीहरूसँग छलफल गर्दै छु ।

तपाईँहरूका समस्या यसरी नै सरकारलाई जानकारी गराउनुहोस्, हामीलाई सधैँ झकझकाउनुहोस् । सरकारले यसबारे काम गर्दै जानेछ ।"

मोबाइल बैङ्किङ ट्रान्सफरको शुल्क घटाउन वा पूर्ण रूपमा निःशुल्क गर्नका लागि सरकारको पहलले डिजिटल कारोबारमा सजिलो हुनेछ भन्ने अपेक्षा गरिएको छ । नागरिकहरूले प्रधानमन्त्रीको यो कदमलाई स्वागत गर्दै छिट्टै सकारात्मक परिणामको अपेक्षा राखेका छन् ।

सरकारले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नागरिकहरूलाई सहजीकरण गर्न थप कदम चाल्ने अपेक्षा गरिएको छ ।

Back to top