×

वीरगञ्ज । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालामा एक ट्रक दुर्घटनाग्रस्त भएको छ। ना ६ ख ६२८६ नम्बरको ट्रक मंगलबार बिहान त्रिशूली नदीमा खसेको हो। उक्त दुर्घटनामा ट्रक चालक पनि नदीमा बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले घटनाको पुष्टि गर्दै ट्रक चालकको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो। हालसम्म घटनाबारे थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। खोजी तथा उद्धार कार्यका लागि स्थानीय प्रहरी र सुरक्षा निकाय खटिएका छन्।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेकोले घटनास्थलमा सतर्कता अपनाउन सुरक्षाकर्मीहरूले आग्रह गरेका छन्।

Back to top