×

वीरगञ्ज । वीरगञ्जमा राष्ट्रिय बालदिवसको अवसरमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको संस्था ‘लिभिङ विथ इन्भायोरन्मेन्ट’ ले “ओजन फर लाइभ” शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजा गरेको हो । 

वीरगञ्ज पब्लिक कलेजको सभाकक्षमा आयोजीत प्रतियोगितामा वीरगञ्जका विभिन्न एघार विद्यालयका विद्यार्थीले भाग लिएका थिए । प्रतियोगिहरुले ओजनको अवस्थिति, त्यसको काम, मानव जीवनमा त्यसको महत्व, ओजनको संरक्षणका लागि खेल्नु पर्ने भूमिकाका बिषयमा आफ्ना धारणा राखेका थिए ।

प्रतियोगितामा गौतम माद्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र का स्पन्दन चौधरी प्रथम, आन्नद चौधरी द्वितिय र माइस्थान बिद्यापीठकी रुपा गिरी तृतिय भएका छन् । प्रतियोगितामा बिजयी प्रतियोगीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थ कलेजकी अध्यक्ष डा.सुष्मा तिवारीले विद्यार्थीले ओजन तहका बारेमा व्यक्त गरेका विचारहरु निकै महत्वपूर्ण रहेको बताइन् । विद्यालय तहदेखि नै विद्यार्थीले ओजन तह तथा वातावरणका बारेमा स्पष्ट बुझाइले आगामी दिनमा जलवायु परिवर्तनलाई रोकथाम गर्न सघाउ पुग्ने उनको विश्वास छ । 

कार्यक्रममा जनमत पार्टी पर्साका संयोजक ओम प्रकाश सर्राफले वातावरणसँग सम्बन्धीत विषयमा गरिएको कार्यक्रम निकै प्रभावकारी रहेको बताए । उनले प्रकृतिको संरक्षणमा आजको युवा पुस्ताले गहन जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यक्ता औँल्याए । 

प्रतियोगितामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका सचिव तबरेज अहमद र लिभिङ्ग विथ इन्भायोरेन्मेन्टका केन्द्रीय सचिव दिवश सर्राफले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

संस्थाका क्षेत्रीय अध्यक्ष फिरोज अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा इक्वाल हैदर, दिपेश वर्णवाल लगायतले सहभागि विद्यार्थीको प्रस्तुतीको प्रसंशा गरेका थिए । प्रतियोगितामा सहभागी सबे प्रतियोगीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा खालिद रेजा अन्सारी, आशुतोष चौधरी, योगिशा श्रेष्ठ, मुस्कान वर्णवाल, सोनी साह कलवार, आकाश साह लगायतको उपस्थितती रहेको थियो । प्रतियोगिताको सहजीकरण संस्थाकी जिल्ला सचिव आयुष्मा सोनीले गरेकी थिइन् । 
 

Back to top