×

वीरगञ्ज। अखिल नेपाल किसान महासंघ पर्सा जिल्लाको जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन नेकपा एमाले पर्साका अध्यक्ष डा. विशम्भर कुमार शर्माले गर्नुभयो।

जिल्ला संयोजक राज कुमार सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा महासंघका केन्द्रीय सचिव उमेश गुप्ता, नेकपा एमाले पर्साका सचिव महेश दास, प्रदेश कमिटी सदस्य रमीला खातुन, जिल्ला सदस्य खुर्रम आलम, केन्द्रीय सदस्य मनोज कुमार कुशवाह, अमल यादव लगायतले शुभकामना मन्तव्य दिनुभयो।

अधिवेशनको बन्द सत्रले राजकुमार सिंहको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।

नवगठित समिति किसानको हकहितका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Back to top