×

वीरगञ्ज। नेशनल प्याब्सन मधेश प्रदेश समितिद्वारा बालदिवसको उपलक्ष्यमा आयोजित प्रदेश स्तरीय हाजिरी जबाफ प्रतियोगिता वीरगञ्जमा सम्पन्न भएको छ। उक्त कार्यक्रम नेशनल प्याब्सन मधेश प्रदेश अध्यक्ष डा. नन्दन यादवको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष श्री पाण्डव हमाल ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रमका विशिष्ट अतिथि वीरगञ्ज शिक्षा महाशाखाका प्रमुख अरविन्द लाल कर्ण रहेका थिए।

प्रतियोगितामा बारा जिल्लाको जितपुर पब्लिक स्कूलले प्रथम स्थान हासिल गरेको छ भने धनुषा जिल्लाको मिट माध्यमिक विद्यालय द्वितीय स्थानमा र सप्तरी जिल्लाको ईष्टर्न ज्योति माध्यमिक विद्यालय तृतीय स्थानमा रहेका छन्।

कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य छेदुप लामा, थानेश्वर साह, इन्द्रदेव साह, नेपाल रेडक्रस सोसाइटीका प्रदेश अध्यक्ष फूल महम्मद मियाँ, पत्रकार महासंघ उपाध्यक्ष युवराज खड्का, रिपोर्टर्स क्लब अध्यक्ष कन्हैया गुप्ता, नेशनल प्याब्सन सिरहा जिल्ला अध्यक्ष प्रदिप तिवारी, महोत्तरी जिल्ला अध्यक्ष रामबाबु सिंह, रौतहट जिल्ला अध्यक्ष बिगन राय यादव, पर्सा जिल्ला अध्यक्ष राम श्रेष्ठ लगायत अन्य जिल्लाका पदाधिकारीहरु, प्रिन्सिपल, शिक्षक तथा शिक्षिकाहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए भने क्विज मास्टरको भूमिका प्याब्सन केन्द्रीय सदस्य छेदुप लामाले निर्वाह गरेका थिए। स्वागत मन्तव्य पर्सा जिल्ला अध्यक्ष राम कुमार श्रेष्ठले तथा स्वागत गीत लालजी ठकुरीले प्रस्तुत गरेका थिए।

विजयी टिमलाई प्रमुख अतिथी श्री पाण्डव हमाल ठकुरीले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

Back to top