×

वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आठ वटै टिमका मार्कि खेलाडी सार्बजनिक भएका छन । राष्ट्रिय क्रिकेट टिमका ओपनर एवम् विकेट किपर वीरगञ्जका आशिफ शेख जनकपुरको लागि मार्कि खेलाडी छनौट भएका छन् । 

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल लुम्बिनीका लागि मार्कि खेलाडी भएका छन् । सोमपाल कामीले कर्णालीको लिड गर्नेछन् भने दिपेन्द्र सिंह ऐरीले सुदुरपश्चिमको मार्कि खेलाडी भएका छन् । 

सन्दिप लामिछाने बिराटनगरका मार्कि खेलाडी भएका छन् । करण केसी टिम काठमाण्डौको मार्कि खेलाडी चयन भएका छन् । टिम पोखराको लागि कुशल भुर्तेल छनौट भएका छन् । चितवनका लागि कुशनल मल्ल मार्कि खेलाडी चुनिएका छन् । 

नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टोलीका मार्की खेलाडीको न्यूनतम मुल्य २० लाख रुपैयाँ तोकिएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलसहित टोलीका अन्य सदस्य दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ सेख, कुशल भुर्तेल र कुशल मल्ललाई मार्की खेलाडीका रुपमा घोषणा गरेको हो ।

पछिल्लो समयको प्रदर्शन हेरेर खेलाडीको घोषणा गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए । यस संस्करणको एनपिएल मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ । केही दिन अघि एनपिएलमा सहभागी रहने ८ फ्रेन्चाइजीलाई विभिन्न व्यापारीक घरानाहरुले आफ्नो स्वामित्वमा लिएका थिए ।
 

Back to top