×

वीरगञ्ज। मधेश प्रदेश सरकारले असोज ३ गते संविधान दिवसलाई विशेष कार्यक्रमको आयोजना गर्दै मनाउने निर्णय गरेको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार सरोकारवालाहरूसँगको छलफलपछि संविधान दिवसको अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरेको हो।

कार्यक्रमको तयारी अन्तर्गत, संविधान दिवसको दिन जनकपुरधामको रामानन्द चोकबाट प्रभात ¥याली निकालिनेछ। ¥याली पछि संविधान र संघीयताको महत्वबारे प्रवचन कार्यक्रमको आयोजना गरिनेछ। मन्त्रालयका कानुन अधिकृत सन्दीप सिंहका अनुसार यस कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीगण, प्रदेशसभा सदस्य, कर्मचारी, चारवटै सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी, पत्रकार तथा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहनेछ।

यो निर्णय शुक्रबार गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको बैठकमा गरिएको हो। बैठकमा चारवटै सुरक्षा निकायका प्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी, र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केशव सुवेदी लगायतका अधिकारीहरूको सहभागिता थियो।

संविधान दिवसलाई उत्साहपूर्ण रूपमा मनाउँदै, मधेश प्रदेशले संविधान र संघीयता प्रति आफ्नो प्रतिबद्धता प्रकट गर्ने योजना बनाएको छ।

Back to top