×

वीरगञ्ज  मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आगामी भदौ ३१ गते (सोमबार) सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

गृह, सञ्चार तथा कानून मन्त्रालयले आज सूचना जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहले जारी गरेको सूचनामा प्रदेश मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकमा यस सम्बन्धी निर्णय पारित भएको उल्लेख छ।

सूचनामा भनिएको छ, "पैगम्बर मोहम्मदको जन्मदिन २०८१ साल भदौ ३१ गते सोमबारका दिन परेकोले उक्त दिन मधेश प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ।"

यस निर्णयसँगै मधेश प्रदेशका मुस्लिम समुदायले पैगम्बर मोहम्मदको जन्मदिनलाई सम्मानपूर्वक मनाउने तयारी गरिरहेका छन्।

Back to top