×

वीरगञ्ज । वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक श्याम कुमार बस्नेतलाई स्वागत गरिएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले प्रहरी निरीक्षक बस्नेतलाई स्वागत गरेको हो ।

प्रहरी वृत्त लैनचौर काठमाण्डौको अपराध नियन्त्रण शाखाबाट आएका बस्नेतलाई स्वागतसँगै सफल कार्यकालका लागि शुभकामना दिइएको केन्द्रका सचिव कुलनारायण (दिलिप) प्रधानले जानकारी दिए । केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा प्रहरी निरीक्षक बस्नेतलाई स्वागत गरिएको हो । यसअघिका प्रहरी निरीक्षक धर्मजंग थिङ्को सरुवा भएपछि वडा प्रहरी कार्यालय श्रीपुरमा बस्नेत आएका हुन् । 

यस्तै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले पनि वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाइँलाई स्वागत गरेको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र एवम् ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले कार्यालय परिसरमै प्रहरी निरीक्षक चौलागाइँलाई स्वागत गरेको हो । 

केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक चौलागाइले प्रहरीको धर्म भनेकै जनताको सुरक्षा र सेवा भएको बताए । उनले आफ्नो कार्यकाल सफल बनाउनका लागि सहयोग गर्न पनि अपिल गरेका छन् । चाडपर्व नजिकिदै गरेको हँुदा चाडवाडमा हुन सक्ने अपराधिक घटनालाई न्यूनिकरण गर्न समन्वय र सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । 

प्रहरीले समुदायसँग साझेदारी गर्दै सचेतनामुलक कार्यक्रम गर्ने पनि उनले बताए । कार्यक्रममा केन्द्रका सचिव मुर्ली जलान, सुरेश रुंगटा, सुशिल कादमिया, रतन टेमानी, त्रिलोकचन्द दारुका, अभिषेख अग्रवाल, राकेश अग्रवाल, दिलिपराज कार्की लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top