×

वीरगञ्ज । करिब १५ दिनदेखि प्रमुख प्रशासकिय अधिकृत बिहिन रहेको पर्साको पकहामैनपुर गाउँपालिकाले प्रमुख प्रशासकिय अधिकृत पाएको छ ।

पकहामैनपुरसहित एक सय वटा गाउँपालिकाहरुमा सरकारले रिक्त प्रमुख प्रशासकिय अधिकृत पदमा कर्मचारी खटाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिवार एकैपटक एक सय जना शाखा अधिकृतहरुको पदस्थापन गर्दै विभिन्न पालिकाको जिम्मेवारी दिएको हो । 

१२३ वटा गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकिय अधिकृतका भरमा चलीरहेका छन् । अब एक सय वटा गाउँपालिकामा जिम्मेवारी दिएसँगै २३ वटा पालिकामा मात्रै पदपूर्ति हुन बाँकी रहेको छ । 

सरकारले पकहामैनपुर गाउँपालिकामा विजय कुमार चौरसियालाई पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा शाखा अधिकृतको रुपमा रहेका चौरसियालाई पकहामैनपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा पठाइएको हो । सरकारले पर्साको धोबिनी गाउँपालिकामा मनिषा कर्णलाई पठाएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले स्थानीय तहहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलाउने अवस्था अन्त्य गर्ने बताउँदै आएका छन् । रिक्त स्थानमा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा गाउँपालिकाहरुमा सेवा प्रवाह र सुशासनको अवस्था सुध्रने मन्त्री गुप्ताको विश्वास छ । 
 

Back to top