×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले १५ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ३ पमौल गम्हरिया बस्ने ३८ वर्षीय रफिक महमदलाई पक्राउ गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनकाअनुसार रफिकले आफ्नै घरमा लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उनको घरमा खानतलासी गरेको हो ।

खानतलासी गर्ने क्रममा प्लाष्टिकको झोलाभित्र लुकाई छिपाई राखिएको १५ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । रफिकलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको भारतीले बताए । 
 

Back to top