×

भेस्पा र अप्रिलियाको नेपालको लागि आधिकारिक वितरक डेल्टा अटो कर्पले यो चाडपर्वको अवसरमा आफ्नो ग्राहकका लागि ‘खुशी ३ गुणा’ अफर ल्याएको छ।

जस अन्तर्गत हरेक भेस्पा वा अप्रिलियाको खरिदमा ग्राहकले १० हजारदेखि ७५ हजारसम्म नगद छुटको साथ छ हजार रुपैयाँ बराबरको स्मार्टवाच तुरुन्तै पाउन सक्नेछन्।

यस्तै, हरेक हप्ता लक्की ड्रमार्फत अनर २०० फाइभजी एव) बम्पर उपहारमा एक जोडीका लागि चार रात र पाँच दिनको बाली भ्रमण पाउनेछन्।

विशेष गरी युवा वर्गको माझ लोकप्रिय बनेको भेस्पा र अप्रिलियामा एक्सचेन्ज सुविधाका साथ सरल फाइनान्स र फ्रि एक्सेसरिज पनि उपलब्ध छ।

जारी अफरले ग्राहकहरूको मन जित्नेम कम्पनीको विश्वास छ।

Back to top