×

वीरगञ्ज । बाराको सिमरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तेरापन्थ युवक परिषद् वीरगञ्जले सिमराको हुलास स्टिलमा आयोजना गरेको कार्यक्रममा ३ जना महिलासहित १३० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुशवाहले जानकारी दिए ।

उनकाअनुसार सरिता न्योपाने, बिमला श्रेष्ठ, सिमा गुरुङ, अखिल कुमार सिंह, नवीन कुमार पाण्डे, चित्र बहादुर भट्टराई, अमिर अन्सारी, भरत श्रेष्ठ, मन्जुर आलम, बिक्रम दास, सन्दीप दास थारु, हेम बि.क, महेन्द्र ओलि, निर्मल राइ लगायतले रक्तदान गरेका हुन् । 

तेरापन्थ युवक परिषद वीरगञ्जले बारा तथा पर्साका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गर्ने अभियान थालेको छ । भदौ २५ गते देखि असोज ४ गते सम्म लगातार ११ दिनसम्म वीरगञ्ज आसपासका विभिन्न स्थानहरु रक्तदान कार्यक्रम गर्ने यसअघि नै पत्रकार सम्मेलन गरेर उद्घोष गरेको थियो । 

११ दिनमा १५०० पिन्ट रगत संकलन गर्ने लक्ष्य लिइएको तेरापंथ युवक परिषद्का अध्यक्ष लोकेश जम्मडले बताए । मंगलवार दुगड ग्रुप जितपुरमा रक्तदान गरिएको थियो । जसमा ४ जना महिलासहित १०७ जनाले रक्तदान गरेका थिए । जसअनुसार दुई दिनमा २३७ पोका रगत संकलन भएको छ । 

कार्यक्रममा उपाध्यक्ष पीयूष जम्मड, कार्यक्रम संयोजक धीरज बोरड़, सह संयोजक नरेश भंसाली, पन्कज वैद्य, पन्कज बोथरा एवं हुलास स्टिलका दिनदयाल, सुनिल मोनित, अखिल कुमार सिंह लगायतको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका  संयोजक अभिलाष गुप्तासहित रक्तसञ्चार केन्द्र वीरगञ्जको टोलीले कार्यक्रममा प्राविधिक सहयोग गरीरहेको छ । 
 

Back to top