×

वीरगञ्ज । वीरगञ्जको सन लाईट कलेजले बि.बि.ए. सञ्चालन गर्ने भएको छ । यही शैक्षिक सत्रदेखि कलेजले बि.बि.ए. सञ्चालन गर्ने तयारी गरेको हो । 

राजर्षी जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सन लाईट कलेजले यसै शैक्षिक सत्रका लागि प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको छ । आवेदन फारमका साथमा शैक्षिक योग्यताको लब्धांक पत्र, नागरिकता वा जन्मदर्ताको प्रमाण र हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो पेश गर्न कलेज प्रशासनले अनुरोध गरेको छ । 

राजर्षी जनक विश्वविद्यालयले तोकेको छात्रवृत्रिसहित ४० जना विद्यार्थीको लागि भर्ना आवेदन खोलिएको आलोक चौरसियाले जानकारी दिए । उनकाअनुसार भर्नामा आवेदन परेकाहरुबाट छिटै प्रवेश परीक्षा लिइनेछ । 

आवेदन आगामी असोज १० गतेसम्म भर्न सकिनेछ । प्रवेश परीक्षाका लागि एक हजार रुपैयाँ शूल्क रहेको छ । प्रवेश परीक्षाको मीति पछि सार्वजनिक गरिने कलेज प्रशासनले जनाएको छ । 


 

Back to top