×

बलिउड अभिनेत्री कंगना रनौत आगामी फिल्म ‘इमर्जेन्सी’का कारण चर्चामा छिन् । पटक पटक फिल्मको रिलिज डेट सरिरहेको छ । 

सेन्सर बोर्डले फिल्मका केही दृश्य काटकुट गरेर प्रदर्शनको अनुमति दिइसकेको छ । अभिनेत्रीले यो फिल्मको प्रचारका क्रममा मुम्बईको पाली हिलस्थित एउटा बङ्गला करोडौँ भारु घाटा खाएर बेचेको खुलासा भएको छ । जापकीमा छापिएको एउटा समाचार अनुसार कङ्गनाले हालै मात्रै यो बङ्गला ३२ करोड भारुमा बेचेकी हुन् ।

यसलाई हैदरावादको एक कम्पनीले किनेको हो । अभिनेत्रीले सन् २०१७ को सेप्टेम्बरमा यो बङ्गला किनेकी थिइन् । हाल यस बङ्गलाको मूल्य करिब ४० करोड भारु थियो । आपतै परेपछि अभिनेत्रीले यसलाई ८ करोड भारु कम मूल्यमा बेचेको बताइएको छ । अभिनेत्रीले दुई तले यो भवनलाई आफ्नो प्रोडक्सन हाउस मणिकर्णिका फिल्म्सको अफिसको रूपमा प्रयोग गरिरहेकी थिइन् ।

बीएमसीले चलाएको थियो यो अफिसमा बुलडोजर

सन् २०२० मा बृहन्मुम्बई म्युनिसिपल कर्पोरेसन अर्थात् बीएमसीले कंगना रनौतको यस अफिसको केही भाग भत्काएको थियो ।

अवैध निर्माणको कारण देखाउँदै त्यतिबेला अफिस रहेको भवनको केही हिस्सा भत्काइएको थियो । तर मुम्बई उच्च अदालतको अन्तरिम आदेश दिएपछि उक्त वर्ष सेप्टेम्बर ९ मा घर भत्काउने काम बिचमै रोकिएको थियो । कङ्गनाले बीएमसीविरुद्ध मुद्दा दायर गर्दै २ करोड भारु क्षतिपूर्ति मागेकी थिइन् । तर सन् २०२३ को मेमा उनले आफ्नो सो याचिका फिर्ता लिइन् ।

Back to top