×

अमेरिकामा भावी राष्ट्रपति पदका दुई उम्मेदवारबीच टेलिभिजन बहस भएको छ। 

डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा आमनेसामने भएका हुन्।

यी दुईबीचको यो पहिलो राष्ट्रपति बहस हो। बहसमा पूर्वराष्ट्रपति समेत रहेका डोनाल्ड ट्रम्पले आफूले जितेमा रुस र युक्रेनबीचको युद्ध तत्कालै अन्त्य गर्ने दाबी गरे। अर्की उम्मेदवार ह्यारिसले ट्रम्प राष्ट्रपति भइरहेको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनमा हुने बताइन्। 

अमेरिकाको आर्थिक र हतियार सहयोगककै कारण युक्रेन स्वतन्त्र मुलुकका रुपमा खडा हुन सकेको उनको दाबी छ।  बहसका दौराना आप्रवासन, रुस युक्रेन युद्ध, इजरायाल गाजा तनाव लगायतका विविध विषयमा बहस भएको थियो। बहसमा कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन्।

यस बहसका लागि केहि नियम बनाइएको थियो, जसलाई दुवै उम्मेदवारले पालना गर्नुपर्ने गरि सहमति गरिएको थियो।  एबीसी न्यूज च्यानलले आयोजना गरेको यो बहस ९० मिनेटसम्म भएको थियो। 

त्यसैगरी बहस अघि टस भएको थियो, जसबाट दुई उम्मेदवार कुन पक्षमा बस्ने र कसले अन्तिममा बोल्ने भन्ने टुंगो लगाइएको थियो। यस बहसमा डोनाल्ड ट्रम्पले अन्तिममा बोलेका थिए ।

 

Back to top