×

अमेरिकी राष्ट्रपति निर्वाचनका दुई प्रत्यासी उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प एक अर्कासँगको पहिलो राष्ट्रपतिय बहसका लागि फिलाडेल्फिया पुगेका छन्।

अमेरिकी रास्ट्रपति चुनाव र नतिजाका लागि निकै महत्वपूर्ण मानिने दुई उम्मेदवारबीचको यो बहस करिब ९० मिनेट लामो हुनेछ।  बहस मंगलवार स्थानीय समय अनुसार राती ९ बजेदेखि शुरु हुनेछ। 

सो बहसका क्रममा संचालकहरुले ह्यारिस र ट्रम्पलाई घरेलु नीति, कर कटौती र परराष्ट्र मामिला लगायतका विषयमा बारे प्रश्न गर्नेछन्।

अमेरिकी मतदाताले उम्मेदवारहरुको उत्तरभन्दा पनि उनीहरुको प्रस्तुतिलाई धेरै महत्व दिने अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन्।

ट्रम्पको यो पाँचौ राष्ट्रपतिय बहस हो भने ह्यारिसको पहिलो। राष्ट्रपतिय बहसका लागि ह्यारिसले केहि चरणको अभ्यास समेत गरेको बुझिएको छ। हालसम्म गरिएका सर्वेक्षण अनुसार दुवै उम्मेदवारबीच निकै कडा प्रतिष्पर्धा रहेको छ।

Back to top