×

वीरगञ्ज । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११ औँ जन्म जयन्ती वीरगञ्जमा पनि भव्य रूपमा मनाइएको छ। नेपाली कांग्रेस पर्साले जननायक विश्वेश्वर प्रसाद (बि.पि.) कोइरालाको जन्म जयन्ती एक विशेष कार्यक्रमका बीच मनाएको हो।

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले गरेका थिए। बि.पि. विचार गोष्ठीको रूपमा आयोजित यस कार्यक्रममा विभिन्न विश्लेषक, नेताहरू, र पार्टी सदस्यहरूको उपस्थिती रहेको थियो।

विचार गोष्ठीलाई सम्बोधन गर्दै विश्लेषक तथा पत्रकार चन्द्रकिशोर झाले बिपी कोइरालाको जीवन, राजनीतिक संघर्ष, र साहित्यिक योगदानमाथि प्रकाश पारे। उनले बिपीको राजनीतिक विचारधाराले नेपालमा प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै, उनको साहित्यिक योगदानलाई पनि स्मरण गराए। बिपीलाई सृजनशील नेता र समाज सुधारकको रूपमा सम्मान गरिनुपर्नेमा उनले जोड दिए।

उपस्थित नेपाली कांग्रेसका नेता ओमप्रकाश शर्माले बिपीलाई प्रजातान्त्रिक मूल्य र मान्यताका प्रतिकका रूपमा चर्चा गरे। त्यस्तै, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बिपीको आदर्श र विचारधाराले आजको समाजलाई सही मार्गदर्शन दिने कुरा व्यक्त गरे।

यस गोष्ठीमा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम, कोषाध्यक्ष प्रेम थापा, सहसचिव नवीन सिंह, मदन यादव, नेता ओमप्रकाश उपाध्याय, श्याम पोख्रेल, शान्ति कार्की, रामरुप कुर्मी, किसान संघ पर्साका अध्यक्ष राजेश तिवारी, महिला संघकी किरण शर्मा, तरुण दलका अध्यक्ष विकास तिवारी, र नेविसंघ पर्साका अध्यक्ष रमेश यादव लगायतको सहभागिता रहेको उपप्रमुख इम्तियाज आलमका स्वकिय सचिव शेष कुमार हजराले जानकारी दिए । 

Back to top