×

बारा । नेपाली काँग्रेसका संस्थापक नेता तथा युगपुरुष बिपी कोइरालाको १११औँ जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेस बाराले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ। बाराका सभापति राजेश राय यादवको नेतृत्वमा कलैया उपमहानगरपालिका वार्ड नम्बर १७ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति मनोज भट्ट, क्षेत्र नम्बर ४ 'ख' का सभापति लोकेश सिंह, वार्ड नम्बर १७ का वडा अध्यक्ष दीपेन्द्र कुशवाह, युवा नेता रवि शाह लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले वातावरणीय संरक्षणको महत्त्वलाई जोड दिँदै, बिपी कोइरालाको योगदानलाई सम्झना गरिएको थियो। नेपाली काँग्रेसले यो कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण सहभागीप्रति आभार प्रकट गरेको छ।

Back to top