×

वीरगञ्ज । जगरनाथपुर गाउँपालिकाको वडा नं. ५ मसिहानीस्थित गाङगोल नदीमा ऋषि पञ्चमीको अवसरमा स्नान गर्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ।

स्थानीय स्रोतका अनुसार, साँझको ३:४५ बजे ऋषि पञ्चमीको व्रतमा महिलाहरू नदीमा स्नान गर्न गएका बेला, दुई बालक पनि उनीहरूसँगै स्नान गर्न गएका थिए। स्नानको क्रममा नदीमा रहेको खाल्सोको बारेमा बालकहरूलाई जानकारी नहुँदा उनीहरू नदीमा डुबेका थिए।

मृत्यु हुने बालकहरूमा भारतको बिहारका अनरन्जित पटेलका ७ वर्षीय पुत्र अभिषेक पटेल र भारतको बिहार सिकटाका बृजेस ठाकुरका ९ वर्षीय पुत्र गुलसन ठाकुर रहेका छन्। घटनाबारे स्थानीय प्रहरीले सूचित गरेपछि, प्रहरी घटनास्थलमा पुगेर शवको मुचुल्का तयार गर्दै पोस्टमार्टमको लागि बिरगन्ज पठाएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकालले यसबारे जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान चलिरहेको छ।

Back to top