×

वीरगञ्ज। नेपाल प्रेस युनियन पर्साको ११ औं वार्षिक साधारणसभा भदौ २८ गते वीरगञ्जमा सम्पन्न हुने भएको छ। शनिबार वीरगञ्जमा बसेको प्रेस युनियन पर्साको बैठकले सो मिति तय गरेको हो।

बैठकले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनको तयारीस्वरूप सोही दिन जिल्ला भेला पनि आयोजना गर्ने निर्णय गरेको छ। युनियन पर्साका उपाध्यक्ष अलीअसगर देवानका अनुसार, केन्द्रिय कार्यसमितिको निर्देशनअनुसार महासंघको निर्वाचनका लागि भेला आयोजना गरिनेछ।

यस्तै, साधारणसभाको तयारीका लागि उपाध्यक्ष देवानकै संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरिएको छ। समितिका सदस्यहरूमा कपिलदेव यादव, सन्जय गुप्ता, जंगबहादुर पटेल, र हुकुमसिंह राजपूत रहेका छन्।

बैठकले साधारणसभाका लागि केन्द्रीय प्रतिनिधि माग गर्ने निर्णयका साथै, यसअघिको जिल्ला अधिवेशनमा छुटेका सदस्यहरूलाई समेत सहभागी गराउने निर्णय गरेको छ।

बैठकको अध्यक्षता प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानले गरेका थिए। बैठकमा उपाध्यक्षद्वय क्रान्ति शाह र अलीअसगर देवान, कोषाध्यक्ष कपिलदेव यादव, र सदस्यहरू राकेश चौरसिया, नूर आलम, हुकुमसिंह राजपूत, जंगबहादुर पटेल, ओमप्रकाश चौधरी, सन्जय गुप्ता लगायतको उपस्थिति रहेको थियो।

Back to top