×

वीरगञ्ज। संविधान दिवसको अवसरमा नेपाल सरकारले विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीलाइ विशेष माफी दिने निर्णय गरेको छ।

गृह मन्त्रालय अन्तर्गत कारागार व्यवस्थापन विभागका निर्देशक कमल पाण्डेका अनुसार ज्येष्ठ नागरिक, अशक्त महिला, र बालबालिकाको हकमा कैदी जीवन बिताइरहेका केही व्यक्तिहरूलाई नेपालको संविधानको व्यवस्थाअनुसार कैद मुक्त गरिने भएको छ।

यस विशेष अवसरमा कलैया वडा नम्बर ३ निवासी उमेशकुमार (मुद्रा अपचलन), वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ निवासी महमद तारिफ हुसेन अन्सारी (चोरी), जीतपुरसिमरा उपमहानगर वडा नम्बर १९ निवासी विनय चौधरी (बहुविवाह), बारा निजगढ नपा वडा नम्बर ६ निवासी रामहवी राना (चोरी), बहुदरमाई नगरपालिका वडा नम्बर ३ निवासी नेकमहमद (बहुविवाह), भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी मानबहादुर घलान (गैंडा मारेको), बिहार पश्चिमी चम्पारण बैरिया निवासी छदु महतो (गैंडा मारेको), बारा पचरौता वडा नम्बर ८ निवासी अमरराय यादव (हातहतियार), बारा परवानीपुर वडा नम्बर ३ निवासी ओमप्रकाश साह (खोटाचलन), बिहार पश्चिमी चम्पारण निवासी जियाउल रहमान (चोरी), वीरगञ्ज महानगर वडा नम्बर १५ निवासी बिक्की सर्राफ (डाँका) र दोलखा निवासी कृष्णबहादुर दाहाल (डाँका) मुद्दामा ५० प्रतिशत सजाय भुक्तान गरिसकेकाले कैद मुक्त हुने घोषणा गरिएको छ।

यो निर्णय नेपालको संविधानको मान्यता अनुसार कैदीहरूको पुनःस्थापना र समाजमा पुनः समायोजनको उद्देश्य अनुरुप लिइएको हो।

Back to top