×

एनसेलले शुक्रबारबाट टिकटक प्याक संचालनमा ल्याएको छ। सधैं अनका प्याकहरूमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ।

ग्राहकहरूले करसहित १७५ मा सात दिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँछन्। यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्ने बताइएको छ। 

सरकारबाट टिकटकको प्रयोगमा लगाइएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरुमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो। अब सधैं अन प्याकहरूमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाट चलाउन पाउँछन्।

एनसेलले सधैं अन योजना अन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरि तीन प्रकारका प्याकहरू प्रदान गर्दै आएको छ। बेसिकमा सात दिन समयसीमा रहेको सधै अन प्याकमा ग्राहकहरूले अन्य बन्डल सेवाबाहेकका १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन्। 

त्यस्तैगरी, सधैं अनको २८ दिने बेस्ट अन्तर्गतको प्याकहरूमा प्याक अनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन्। सधैं अन अनलिमिटेड प्याकहरू अन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ।

यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ।     

Back to top