×

बलिउड चलचित्र स्त्री २ ठुलो स्क्रिनपछि ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । श्रद्धा कपूर र राजकुमार राव स्टारर हरर कमेडी चलचित्र ‘स्त्री २’ सन् २०१८ को सुपरहिट फिल्म स्त्रीको सिक्वेल हो। 

६ वर्षपछि अमर कौशिक निर्देशित र दिनेश विजनको निर्माणमा बनेको फिल्मको सिक्वेलले बक्स अफिसमा धुम मच्चाइरहेको छ । फिल्मले हालसम्म घरेलु बक्स अफिसमा ५ सय करोड भारुभन्दा बढीको व्यापार गरिसकेको छ ।

रिपोर्टका अनुसार, स्त्री २ सेप्टेम्बर २७ मा ओटीटी प्लेटफर्म एमाजन प्राइम भिडियोमा स्ट्रिम गर्न गइरहेको छ। तर, यो कुरा निर्माताहरुले भने पुष्टि गरेका छैनन् । अहिले पनि चलचित्र हलमा छ र राम्रो व्यापार गरिरहेको छ ।

फिल्ममा श्रद्धा कपूर र राजकुमार रावसँगै पंकज त्रिपाठी, अभिषेक बनर्जी र अपारशक्ति खुरानाको मुख्य भूमिका रहेको छ । चलचित्रमा अक्षय कुमारले आफ्नो क्यामियोले सबैलाई चकित बनाएका छन् । यसबाहेक फिल्ममा वरुण धवनको पनि क्यामियो थियो ।

Back to top