×

स्कटल्याण्डविरुद्धको  टी–२० क्रिकेट शृङ्खला अस्ट्रेलियाले क्लिन स्वीप गरेको छ। 

इडेनवर्गमा गएराति भएको तेस्रो तथा अन्तिम खेल छ विकेटले जितेसँगै अस्ट्रेलियाले शृङ्खला नै क्लिन स्वीप गरेको हो।

स्कटल्याण्डले दिएको एक सय ५० रनको लक्ष्य अष्ट्रेलियाले चार विकेट गुमाएर २३ बल अघि नै भेटायो। उसका क्यामरन ग्रिनले ६२ र मिचेल मार्सले ३१ रन बनाए। स्कटल्याण्डका ब्राड क्युरीले दुई विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ५६ रन बनाए। बलिङतर्फ अस्ट्रेलियाका क्यामरन ग्रिनले तीन तथा सीन एबोट र एरोन हार्डाईले दुई–दुई विकेट लिए। 

अस्ट्रेलियाले पहिलो खेल सात विकेट र दोस्रो खेल ७० रनले जितेको थियो।

 

 

Back to top