×

वीरगञ्ज । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले वीरगञ्जका विभिन्न स्थानबाट  करिब ११ लाख बराबरको सामाग्री बरामद गरेको छ ।

गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको नेतृत्वमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित एक गोदाममा छापामारी गरिएको छ । त्याहाँबाट काजु, किसमिस र खजुर लगायतका करिब ७ लाख बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

उनकाअनुसार बिलबिजक नभएको र अवैध रुपमा भारतबाट ल्याएर भण्डारण गरिएको सूचनाको आधारमा छापामारी गरिएको हो । यस्तै नगवाकै खुश्बु चकलेट उद्योगबाट दुईलाख ३० हजार बराबरको चकलेट बरामद गरिएको रिजालले जानकारी दिए । 

वीरगञ्जको घण्टाघर मिनाबजारको शिवशक्ति खाद्य उद्योगमा पनि छापा मारिएको छ । सो अवसरमा तीन हजार किलोग्राम प्याज र एक हजार किलोग्राम आलु बरामद गरिएको छ । 

बरामद गरिएको करिब ११ लाख बराबरको भन्सार छलीको सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले यात्राडेलीलाई जानकारी दिए । 

Back to top