×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनीस्थित बार्वा स्वास्थ्य चौकीमा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ विर्तास्थित भगवती न्यूरो पोली क्लिनिकको आयोजनामा सम्पन्न शिविरमा दुई सय भन्दा धेरैको स्वास्थ्य परीक्षण गरिएको छ । 

शिविरमा ब्रेन, स्पाईन तथा नशा रोग विशेषज्ञ डा. रंजित कुमार चौरसिया, छाती, मुटु, पेट, किड्नी तथा थाईराईड रोग विशेषज्ञ डा. बनारसीलाल केशरी, बरिष्ठ नवजात शिशु, बाल तथा किशोर रोग विशेषज्ञ डा. गौरब कुमार गुप्ता लगायतले चेकजाँच गरेका थिए । 

शिविरमा वडा नम्बर १९ का वडाअध्यक्ष मुकेश चौरसिया, वडा सदस्य उपेन यादव, जियालाल प्रसाद यादव, राजेश प्रसाद कुशवाहा लगायतको उपस्थिती रहेको थियो । शिविरको सहजीकरण निरज कुमार यादवले गरेका थिए । 

शिविरमा आवश्यक परेकालाई औषधीसमेत वितरण गरिएको थियो । शिविरमा शत्रुधन यादव, बिश्वास यादव, गजेन्द्र यादव, दिनेश कुशवाह, सन्ज्य यादव लगायतले प्राविधिक सहयोग गरेका थिए । 
 

Back to top