×

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका विभिन्न स्थानमा निःशूल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । वडा नम्बर २ सिसयारी बैरिया, वडा नम्बर ४ बहुअरी, वडा नम्बर ५ बर्वा र वडा नम्बर ७ छपकैया टोलमा निःशूल्क आँखा शिविर सम्पन्न भएको हो । 

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत तिल्गङ्गा आँखा प्रतिष्ठानको सहयोगमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालले शिविरको आयोजना गरेको हो । 

चरवटै वडामा ४७२ जनाको आँखा चेकजाँच गरिएको वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेशसिंह धामीले जानकारी दिए । जसमध्ये १२२ जनालाई मोतिविन्दुको फेला परेको धामीले बताए । उनकाअनुसार वडा नम्बर २ मा ७० जनाको चेकजाँच गर्दा ५ जनामा मोतिबिन्दु फेला परेको छ । 

त्यस्तै वडा नम्बर ४ मा १४० जनाको चेकजाँच गर्दा २१ जनामा मोतिबिन्दु देखिएको छ भने वडा नम्बर ५ मा १२७ जनाको आँखा परीक्षण गर्दा ४४ जनामा मोतिबिन्दु फेला परेको छ । वडा नम्बर ७ मा १३५ जनाको परीक्षण गर्दा ५२ जनामा मोतिबिन्दु भेटिएको धामीले बताए । 

शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक धामीसँगै प्रभात चौरसियाले आँखा परीक्षण गरेका थिए । 


 

Back to top