×

वीरगञ्ज। ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरले हिन्दु महिलाहरुको महानपर्वको अवसरमा स्वास्थ्य चेकजाँच तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न गरेको छ। आज वीरगञ्ज वडा नम्बर ६ स्थित अलखियामठ मन्दिर अगाडि आयोजित कार्यक्रममा रक्तचाप तथा आँखाको चेकजाँच गरिनुका साथै सर्वसाधारणलाई पानी वितरण गरिएको हो।

कार्यक्रम ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, रुँगटा वेलफेयर सोसाइटी वीरगञ्ज पर्सा, सामुदायिक आँखा अस्पताल वीरगञ्ज पर्सा र नेशनल मेडिकल कलेज वीरगञ्ज पर्साको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले १६० भन्दा बढी व्यक्तिलाई सामान्य उपचार तथा पानी वितरण गरिएको जानकारी दिए।

शिविरमा बालबालिका, महिला, जेष्ठ नागरिकलगायतको सहभागीता रहेको थियो। यस कार्यक्रममार्फत नागरिक समाज, समाजसेवी, सुरक्षा निकायका पदाधिकारीहरू पनि सहभागी भएका थिए।

खेतानका अनुसार, यस प्रकारका घुम्ती स्वास्थ्य शिविरले समुदायमा स्वास्थ्य सचेतना र सेवामा पहुँच वृद्धि गर्ने विश्वास गरिएको छ।

Back to top