×

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको पति अभिषेक बच्चन र बच्चन परिवारसँग खटपट चलिरहेको खबर आएको धेरै भयो । यो चर्चा सत्य हो कि होइन भनने कुरा कि त बच्चन सम्पत्तिलाई थाहा होला कि यी दुईको परिवारलाई ।

केही समयअघि यी दुईबिच विवाद सम्बन्धविच्छेदसम्मै पुगेको हल्ला पनि सुनियो । तर यी सबै विषयमा ऐश्वर्या र अभिषेक मौन छन् । यसैबिच सार्वजनिक कार्यक्रममा अभिनेत्री बच्चन परिवारको साथमा नपुगेर छोरीसँग छुट्टै पुग्नुले पनि चर्चालाई बल दिइरहेको छ ।

हालै भने अभिनेत्री छोरीसँग बच्चन परिवारको घर जलसा जाँदै गरेको भिडियो सार्वजनिक भएको छ । यो भिडियो भाइरल बनिरहेको छ । भाइरल भइरहेको भिडियो २ सेप्टेम्बर २०२४ को हो । भिडियोमा ऐश्वर्या छोरी आराध्याको साथमा कारबाट ओर्लिएर जलसा छिर्दै गरेको देखिन्छिन् । यो अभिषेकले किनेको नयाँ कार भएको फ्यानहरूको विश्वास छ । भिडियो हेर्दा ऐश्वर्या छोरीलाई स्कुलबाट लिएर आउँदै गरेको देखिन्छिन् ।

छोरीको सबै काम आफैँ गर्छिन् ऐश्वर्या

ऐश्वर्याले एउटा पुरानो अन्तरवार्तामा आफ्नी छोरीलाई स्कुल लैजाने ल्याउने काम आफैँ गर्ने बताएकी थिइन् । छोरीको स्याहारसुसारका लागि कुनै पनि घरेलु कामदार नराखेको र उनको सारा काम आफूले सम्हाल्ने गरेको उनको भनाइ थियो ।

ऐश्वर्या र आराध्याको यो भिडियो हेरेपछि फ्यानहरू निकै खुसी भएका छन् । भिडियोमा मिश्रित प्रतिक्रिया आइरहेको छ । अमिताभले छोरी स्वेताको नाममा प्रतीक्षा महल गरेपछि परिवारमा खटपट चलेको चर्चा थियो । यस्तोमा केही युजरले भने भिडियोमा सो घरकी छोरीलाई उसकै घर पठाइदेऊ भनेर पनि कमेन्ट गरेका छन् ।

Back to top