×

केन्याको एक विद्यालयमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु भएको छ ।

बिहीबार राति विद्यालयमा आगलागी हुँदा कम्तिमा १७ विद्यार्थीको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । दर्जनभन्दा बढिलाई अत्याधिक जलनका कारण अस्पतालमा लगिएको छ, यसकारण पनि मृत्यु हुनेको संख्य बढ्न सक्ने अनुमान गरिएको छ ।

न्यारी काउन्टीस्थित हिलसाइड एन्डाराशा प्राथमिक विद्यायलयमा भएको आगलागीबारे छानबिन भइरहेको प्रहरी का प्रवक्ता रेसिला ओनयान्गोले स्थानीय मिडियालाई जानकारी दिए ।

छनाबिन टोलीलाई ‍परिचालन गरिएको प्रवक्ता ओनयान्गोले जानकारी गराए । विद्यालयका विद्यार्थी, शिक्षक तथा परिवारहरुलाई प्रदान गरिरहेको मनोसामाजिक सहायता सेवा केन्या रेडक्रसले बताएको छ ।

केन्याको बोर्डिङ विद्यालयमा आगलागीको घटना बारम्बार हुने गरेको छ । सन् २०१७ मा मोई गल्र्स हाई स्कुलमा १० विद्यार्थी मारिएका थिए ।

२० वर्षअगाडि नाईरोबीको दक्षिण–पूर्व क्षेत्रस्थित माचाकोस काउन्टीमा कम्तिमा ६७ विद्यार्थीको मृत्यु भएको थियो । यसलाई सबैभन्दा घातक केन्याली विद्यालयमा आगलागीको घटना मानिएको बीबीसीले जनाएको छ ।

Back to top